September 20, 2024, 4:23 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

भदौ ५, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
आगामी मंसिरमा देशभर रिक्त रहेको ३४ स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ ।
गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभर नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया