February 24, 2025, 3:15 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

टर्कीको कारखानामा विस्फोट : १२ जनाको मृत्यु

पुस ९, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

इस्तानबुल, । टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताउनुभएको छ ।

इस्माइल उस्ताओग्लुले भन्नुभयो, “प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।”

फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो । गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताउनुभयो, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । रासस/एएफपी

प्रतिक्रिया