September 19, 2024, 1:59 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

सेड्युल जुधेपछि आँचललाई फिल्म छायांकनमा सकस, पतिसँग उडिन् न्युयोर्क

साउन १६, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं । पछिल्लो समय अभिनेत्री आँचल शर्माको डिमान्ड चुलिएको छ । फिल्मदेखि विज्ञापन र कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । यतिसम्म कि आफूले साइन गरेका तीनै फिल्मको सेड्युल जुध्ने स्थिति आइलागेको छ ।

यो चटारोबीच मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनालेमा सहभागी हुन उनी पतिसँग मंगलबार न्युयोर्क उडेकी छन् । अमेरिका उड्नुअघि ज्वरोले थलिएकी उनी शारीरिक अवस्थताका बीच त्यता लागेकी हुन् ।

आँचल त्यहाँ दुई साता बस्नेछिन् । त्यहाँबाट फर्किएपछि फिल्मको पोस्ट प्रोडक्सन, प्रवर्द्धन र छायांकनमा उनी व्यस्त हुनेछिन् ।

अनमोल केसी, प्रदीप खड्का र दयाहाङ राईसँग उनले गर्न लागेका फिल्महरु एकसाथ छायांकनमा जाँदैछन् । अनमोलसँग ‘जेरी अनटप’, प्रदीपसँग ‘पिताम्बर’ र दयाहाङसँग उनले ‘दुःखी आत्मा’ गर्न लागेकी छन् ।

अभिनेत्रीकै कारण फिल्म निर्मातालाई समेत सेड्युल मिलाउन चुनौती हुने पक्का छ । स्रोतका अनुसार ‘जेरी अनटप’ र ‘पिताम्बर’ साउन अन्त्यदेखि सुटिङमा जानेछन् । ‘दुःखी आत्मा’ भदौको तेस्रो सातादेखि सुरु हुनेछ ।

यी तीन फिल्मको छायांकनसँगै यो अवधिमा उनले भदौ १४ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘वर एण्ड वधु’को प्रवर्द्धनका लागि समेत समय व्यवस्थापन गर्नुपर्नेछ ।

यतिबेला अनमोललाई लिएर निर्देशक र निर्माता भारतको लद्दाखमा छन् । त्यहाँ उनीहरु लोकेसन हेर्ने काम गरिरहेका छन् । कृषा चौलागाईंको ‘पिताम्बर’ कार्यशालामा व्यस्त छ ।

यो अवस्थामा आँचललाई ‘जेरी अनटप’ र ‘पीताम्बर’को समय व्यवस्थापन गर्न चुनौती हुने देखिएको छ । केही समयअघि आयोजित ‘वर एण्ड वधु’को गीत सार्वजनिक प्रेसमिटमा आँचलले समयको उचित व्यवस्थापन गर्ने बताएकी थिइन् ।

‘फिल्ममा अभिनय गरेपछि पब्लिसिटी पनि हाम्रो दायित्व हो । हामीले गर्नैपर्छ । हाम्रो कामकै एउटा पार्ट हो,’ आँचलले भनेकी थिइन्, ‘एकै समयमा छायांकन र रिलिज हुँदा पक्कै पनि केही कठिन हुन्छ । तर हामी सानो इन्डस्ट्रीभित्रका एकै परिवारका सदस्य हौं । त्यसैले एकले अर्कोलाई को-अपरेट गरेर काम गर्नुपर्छ । गरिरहेका छौं पनि ।’

प्रतिक्रिया