October 18, 2024, 6:04 am
» विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए » विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो » ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग » इजरेलले कसरी हमासका नेता याह्या सिन्वारलाई भेट्यो र मार्‍यो ? » मामाघर गएका दुई वर्षीय बालकलाई फलामको गेटले किच्दा मृत्यु

लोक गायक जोशीको निधन

साउन ११, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौँ ।  लोक गायक लक्ष्मी प्रसाद जोशीको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो ।

पुर्ख्यौली घर धनकुटा भए पनि उनी लामो समयदेखि झापाको दमकमा बस्दै आएका थिए । साँझ खाना खाएपछि उनी अचानक बेहोस भएको परिवारले जानएको छ ।

तत्कालै उपचारको अस्पताल लगिए पनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका हुन् ।

जोशीले ०१३ सालमा रेडियो नेपालबाट ‘नेपाली माया, नेपालै कस्तो’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । त्यस्तै उनको ‘खिपीमा खिपी’, ‘रिटिङ रिटिङ’,  ‘ओल्लो खोलो’, ‘बाख्राको पाठोले’, ‘साँगुरीको डाँडैडाँडा’, ‘उकाली ज्यानमा’ लगायत चार दर्जन गीत चर्चित छन् ।

उनले ०१९, ०२२ र ०२९ सालको लोकगीत प्रतियोगितामा स्वर्ण पदकसमेत जितेका थिए । तत्कालीन समयमा सोभियत रुसको नौ वटा राज्यमा सांगीतिक कार्यक्रम गर्ने उनी एक मात्र नेपाली गायक हुन् । पछिल्लो समय उनले ०६० मा लोकगीत संग्रह ‘अनावृत’ प्रकाशन गरेका थिए ।

प्रतिक्रिया