February 23, 2025, 3:37 pm
» एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान » बाबुरामका ज्वाइसहित ९ जना नयाँ शक्तिको केन्द्रीय सदस्यमा मनोनित » पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल » ठमेल, सोह्रखुट्टे र गौशाला क्षेत्रबाट सात जना बंगलादेशी पक्राउ » पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस्

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

माघ २८, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०-८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया