February 1, 2025, 12:59 pm
» व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन » चीतवनमा नेकपा एसका जिल्ला नेताहरू माओवादीमा प्रवेश » हमासले आज थप ३ बन्दी रिहा गर्ने » महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा, पाइन २१ लाख पारिश्रमिक » कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए

चीतवनमा नेकपा एसका जिल्ला नेताहरू माओवादीमा प्रवेश

माघ १९, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

चितवन,  । एकीकृत समाजवादका नेतासहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

सो क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका छन ।

दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना बामपंथी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमति प्रदेश सदस्य हुन ।

एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमति प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया