February 23, 2025, 2:44 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

इजरायल पछि हटे पछि ३ लाख बिस्थापित गाजामा फर्के

माघ १६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

गाजा,  । इजरायल-हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।

गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिए पछि ३ लाख बढी गाजामा फर्किएका हुन् ।

युद्ध सुरु भएपछि १० लाखभन्दा बढी मानिस दक्षिणतिर भागेर गएका थिए । साथै, १५ महिने लामो युद्दमा गाजामा इजरायली हमलाका कारण ४७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १ लाख १० हजारभन्दा बढी घाइते भएका छन् ।

युद्धविराम सम्झौता अन्तर्गत इजरायलले जनवरी २५ देखि प्यालेस्टाइनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने निर्णय गरेको थियो। तर, इजरायल र हमासबीचको विवादका कारण २ दिन सो सम्झौता कार्यान्वयन हुन ढिलाइ भएको थियो ।

उता, हमासले गाजाका विस्थापित प्यालेस्टाइनीको फिर्तालाई आफ्नो विजयको रूपमा वर्णन गरेको छ। हमासले गाजा कब्जा गर्ने इजरायली योजना असफल भएको बताएको छ । उनीहरूले भनेका छन, ‘मानिसहरू आफ्नो घर फर्कनु इजरायलको पराजयको संकेत हो।’ इजरायलले सोमबार बिहान ९ बजे नेटजेरिम करिडोर खोलेको थियो ।

बीबीसीका अनुसार नेत्जेरिम करिडोर खुलेको २ घण्टाभित्र नै २ लाख विस्थापित प्यालेस्टाइनी पैदलै गाजा सीमामा प्रवेश गर्न सफल भएका थिए भने त्यसको २ घण्टापछि नाका सवारी साधनका लागि खुला गरिएको हो । अहिले पनि गाजामा बिस्थापितहरू फर्कने क्रम जारी रहेको छ ।

प्रतिक्रिया