February 27, 2025, 1:18 am
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ

माघ ९, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं,   : नागरिकता सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने ४९ वर्षीय शिव बहादुर बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत चितवनबाट नागरिकता सम्बन्धी कसुरमा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

प्रतिक्रिया