January 22, 2025, 4:19 am
» यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा » झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान » अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प, अवैध आप्रवासीलाई तनाव » गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक » जापानमा बढ्यो माइकोप्लाज्मा निमोनिया सङ्क्रमण

झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान

माघ ८, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं – झापाका प्रहरी उपरीक्षक मिलन केसी पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले केसीलाई मंगलबार सम्मान गरेका हुन्।
२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच केसीलाई अर्यालले सम्मान गरे।  अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे।

सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै केसीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
केसी एक वर्षदेखि झापा जिल्ला प्रहरी कार्यालयमा कार्यरत् रहेका छन्।  उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
सोही अवसरमा प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, प्रहरी उपरीक्षक कुमोध ढुंगेललगायत प्रहरी अधिकृतलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया