February 24, 2025, 9:41 am
» राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

अबको चुनाव देउवाको नेतृत्वमा हुन्छः उपप्रधानमन्त्री सिंह

माघ ८, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

बागलुङ, । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन ।

मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए ।

त्यस्तै, अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि पुनः प्रष्ट पारेका छन ।
सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उहाँले सहमति अनुसार नै कांग्रेस–एमालेबिच सत्ता सहयात्रा अघि बढिरहेको दाबीसमेत गरेका छन ।
‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्, स्थीर सरकार बनोस् भन्ने जनचाहना अनुरूप नै वर्तमान सरकार बनेको हो,’ कांग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति ‌शेरबहादुर देउवाको  नेतृत्वमा चुनाव हुन्छ ।’

कांग्रेसको स्वभाव नै सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए । बाग्लुङमा रहँदा सिंहले बुधबार बाग्लुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागि हुनेछन भने शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरिक्षण गर्नेछन् ।

प्रतिक्रिया