January 9, 2025, 3:07 am
» विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुप्रति एमाले महासचिव असन्तुष्ट » धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती » सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा » सल्यानमा आमाबाटै दुई छोरीको हत्या » रवि लामिछानेसँगै सहकारी ठगीमा मुछिएका दुई जना धरौटीमा रिहा

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

पुस २४, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं, : वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।

पक्राउ मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया