February 24, 2025, 9:28 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा

पुस २४, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

विराटनगर।सहकारी घोटालामा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतका तहसिलदार हरिप्रसाद गुरागाईंका अनुसार कोइराला धरौटी रकम तिरेर रिहा भइसकेकी छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार उनी आज बिहान कार्यालय खुलेपछि अदालतमा हाजिर भएकी थिइन् ।

मोरङको धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम हिनामिना गरेको अभियोगमा अञ्जलासहित २६ जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ ।

यसअघि पक्राउ परेका सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास यसअघि पाँच लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । सहकारी सञ्चालक समितिकी सदस्य रहेकी अञ्जनाकै योजनमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट झण्डै साढे ११ करोड ऋण लिएको प्रहरी अनुसन्धानमा देखिएको बताइन्छ ।

रकम हिनामिनामा आफ्नो कुनै संग्लनता नरहेको अञ्जलाको दाबी छ । सभापति पोखरेलले पनि श्रीमतीलाई जोगाउन सबै दोष अध्यक्ष रौनियारमाथि लगाउँदै आएका छन् ।

प्रतिक्रिया