February 24, 2025, 9:19 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव

पुस २४, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने कार्यक्रमका लागि सप्तरी पुगेका छन् ।

बुधबारदेखि तीन दिनसम्म सप्तरीका चारवटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताका रुपमा पुगेका हुन् ।

पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको छ ।

जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रिय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता छ ।

दोस्रो दिन पुस २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउँपालिका-१ स्थित प्रसाहीमा आयोजना गरिएको छ ।

त्यसलगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

पछिल्लो पाँच महिनायता काठमाडौंदेखि हरेक पालिका र वडास्तरसम्मै संगठन विस्तारका लागि जसपा नेता-कार्यकर्ता ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’मा छन् ।

पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम गरेलगत्तै अध्यक्ष यादव सप्तरी पुगेका हुन् ।

प्रतिक्रिया