February 24, 2025, 12:33 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

रवि लामिछानेसँगै सहकारी ठगीमा मुछिएका दुई जना धरौटीमा रिहा

पुस २४, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसमेत संलग्न स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका दुई प्रतिवादी धरौटीमा छुटेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उक्त सहकारीका लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा जिल्ला अदालत काठमाडौँको आदेशले धरौटीमा छुटेका हुन् । न्यायाधीश पदमराज पाण्डेयको इजलासले हिजो आदेश सुनाउँदै उनीहरुसँग क्रमश: ४ लाख र ३ लाख धरौटी माग गरेको थियो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मीको बचत हिनामिना आरोपमा जिल्ला सरकारी वकीलको कार्यालयले गत आइतबार जिबी राई, छविलाल बन्जाडे जोशी र रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । जसमध्ये पाँच जना फरार छन् ।

प्रतिक्रिया