January 8, 2025, 8:09 am
» ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको निधन » वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी » बुद्ध एअरको विमान दिनहुँ गन्तव्य नपुग्दै ‘डाइभर्ट’ » ऋषिकेशपत्नी अञ्जला अदालतमा उपस्थित » सडकका सब-इञ्जिनियर बर्खास्त

भूकम्पमा परी तिब्बतमा कम्तिमा ३२ जनाको मृ्त्यु

पुस २३, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

ल्हासा : आज बिहान गएको भूकम्पमा परेर चीनको तिब्बतमा कम्तिमा ३२ जनाको मृ्त्यु भएको छ। तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयका अनुसार मंगलबार बिहान सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा आएको भूकम्पका कारण ३२ जनाको मृत्यु भएको छ।

उक्त भूकम्पमा परी हालसम्म ३८ जना घाइते भएका चीनिया समाचार एजेन्सी सिन्ह्वामा उल्लेख छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो।सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन, नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालमा भने भूकम्पले के कति क्षति भयो भन्नेबारे विवरण हालसम्म प्राप्त भएको छैन।

प्रतिक्रिया