February 24, 2025, 12:09 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बुद्ध एअरको विमान दिनहुँ गन्तव्य नपुग्दै ‘डाइभर्ट’

पुस २४, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं। बुद्ध एअरको काठमाडौंबाट पोखरा उडेको विमान पोखरा विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं डाइभर्ट भएको छ । बिहान साढे ८ बजे ६० जना यात्रु बोकेर पोखरा प्रस्थान गरेको बीएचए ६०१ विमान पोखराको मौसम खराब भएपछि काठमाडौं फर्केको बताइएको छ । मौसम खराब भएपछि पोखरा विमानस्थल नखुलेको र उक्त विमान काठमाडौं फर्केर सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यसैगरी हिजो साँझ पनि बुद्ध एअरको विराटनगर उडेको विमान खराब मौसमका कारण काठमाडौं डाइभर्ट भएको बताइएको छ । अपरान्ह साढे ४ बजे उडान नम्बर बीएचए ७११ विमान ७० जना यात्रु बोकेर काठमाडौंबाट त्यसतर्फ गएको थियो ।

तर विराटनगरको खराब मौसमका कारण विमान काठमाडौं फर्केर सवा ५ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त उडानमा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालसमेत थिए ।

प्रतिक्रिया