February 24, 2025, 12:30 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ऋषिकेशपत्नी अञ्जला अदालतमा उपस्थित

पुस २४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

विराटनगर–सहकारी घोटालामा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाले अदालतमा आत्मसमर्पण गरेकी छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै भागेकी उनी आज जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन् । बिहान अदालत खुल्नेबितिक्कै उनी हाजिर भएको बताइएको छ ।

मोरङको धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम हिनामिना गरेको अभियोगमा अञ्जलासहित २६ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आज उनको बयान सकेर थुनछेक बहस हुनेछ ।

यसअघि पक्राउ परेका सन्तलाल खवाससहित पाँच लाख रूपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।

सहकारी सञ्चालक समितिकी सदस्य रहेकी अञ्जनाकै योजनमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट झण्डै साढे ११ करोड ऋण लिएको प्रहरी अनुसन्धानले देखाइसकेको छ । यस प्रकरणमा सहकारीका अध्यक्ष शम्भु प्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरु आमोद मण्डल, जितमान ठाकुरको पनि संग्लनता रहेको सरकारी वकीलको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा समस्या देखिन थालेपछि २०७८ मा संचालकको भूमिकाबाट बाहिरिएकी अञ्जलाले भंने रकम हिनामिनामा आफ्नो कुनै संग्लनता नरहेको दावी गर्दै आएकी छन् । सभापति पोखरेलले पनि श्रीमतीलाई जोगाउन सबै दोष अध्यक्ष रौनियारमाथि लगाउँदै आएका छन् ।

प्रतिक्रिया