September 19, 2024, 4:28 pm
» बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

सांसदले सानोठिमीमा पाँच हजार घुस दिएकोबारे सांसदमा जानकारी गराउन माग

साउन ८, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं : पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा पाँच हजार घुस दिएकोबारे सरकारको ध्यानाकर्षण भएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद राजेन्द्र केसीले सो विषयमा शिक्षा मन्त्री,गृहमन्त्री र प्रधानमन्त्रीलाई रुलिङ गराई तीन दिनभित्र संसदमा जानकारी गराउन सभामुखसमक्ष माग गरेका छन्।

‘यही साउन ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा सांसदले पाँच हजार घुस दिएर आएको कुरा संसदमा बोल्नु भएको थियो । उहाँले आफ्नो छोराको सर्टिफिकेट प्रमाणिकरणका लागि पाँच हजार घुस दिएको अभिव्यक्ति दिनुभयो। यस विषयमा सभामुखबाट रुलिङ हुनेछ भन्ने लागेको थियो। तर, हुन सकेन, ‘उनले भने, ‘सो विषयमा तत्काल सम्बन्धित मन्त्री, शिक्षा मन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई रुलिङ गराइ तीनभित्र संसदमा जानकारी गराउन आग्रह गर्न चाहन्छु’

उनले घुस दिने र लिनेबीच छानबिन हुनुपर्ने बताए। भने,’राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भनेका थिए घुस लिन्या र दिन्या दुवै शत्रु हुन् भन्नु भएको थियो।  मेरो आसय घुस दिने शुत्र हुन् भन्ने होइन। तर, यत्रो काण्डमा पनि संसद स्तब्ध भएर बसेको छ। घुस खानेहरू बसिरहेका छन्। त्यसैले यो विषयमा छानबिन हुनुपर्छ।’

साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री समेत रहेका जसपाका सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा आफूले ५ हजार घुस दिएको दाबी गरेका थिए। प्रतिनिधिसभाको रोस्ट्रमबाटै सांसद महतोले देश समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउने गरी तलबको व्यवस्था गर्न आग्रह समेत गरेका थिए।

उनले छोराको सर्टिफिकेट ‘समकक्षता’ का लागि  जाँदा घन्टौँसम्म काम नभएपछि ५ हजार घुस दिनासाथ ५ मिनेटमै काम भएको बताए थिए।

प्रतिक्रिया