December 19, 2024, 7:07 pm
» क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान » मुग्लिन-नौविसे सडक खण्ड एक साता दिउँसो दुई बजेसम्म बन्द हुने » माओवादीप्रति जनमत सकारात्मक रहेको ‘प्रचण्ड’को दाबी » वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ : सांसद सिंह » अण्डाको मूल्य १५ रुपैयाँले बढ्यो, क्रेटको पुग्यो पाँच सयसम्म

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

पुस ४, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारीविभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेकोछ।

पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ३८ वर्षीय राज कुमार चौधरी र धनुषा मटिहानी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३९ वर्षीय रूपेश कुमार चौधरी रहेका छन् ।

पक्राउ मध्ये राज कुमारले पोल्याण्ड पठाइदिन्छु ‍भन्दै २ जना पीडितहरूबाट ६ लाख ३० हजार रूपैयाँ र रूपेश कुमारले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं काँडाघारीबाट मंगलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया