February 25, 2025, 12:17 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

माओवादीप्रति जनमत सकारात्मक रहेको ‘प्रचण्ड’को दाबी

पुस ४, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकारात्मक देखिएको बताएका छन् ।

उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् ।

उनले काँग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड भए पनि सेन्टरले कोषाध्यक्षसहित केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष जित्नु सकारात्मक संकेत भएको बताए ।

‘स्थानीय तह उपनिर्वाचन र पत्रकार महासंघको चुनावी परिणामले उत्साहित बनाएको छ,’ उनले भने, ‘पत्रकार साथीहरू सचेत भएर सेन्टरलाई जिताउनु भयो । यो जनमत सकारात्मक मान्नुपर्छ ।’

दाहालले आफ्नो निवास खुमलटारमा बिहीबार महासंघमा जित्ने कोषाध्यक्ष, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलाई बधाई दिएका थिए ।

सेन्टरले पत्रकार महासंघको ५१ सदस्यीय केन्द्रीय समितिमा कोषाध्यक्षसहित ६ केन्द्रीय सदस्य जितेको थियो ।

प्रतिक्रिया