December 19, 2024, 6:39 pm
» क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान » मुग्लिन-नौविसे सडक खण्ड एक साता दिउँसो दुई बजेसम्म बन्द हुने » माओवादीप्रति जनमत सकारात्मक रहेको ‘प्रचण्ड’को दाबी » वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ : सांसद सिंह » अण्डाको मूल्य १५ रुपैयाँले बढ्यो, क्रेटको पुग्यो पाँच सयसम्म

अण्डाको मूल्य १५ रुपैयाँले बढ्यो, क्रेटको पुग्यो पाँच सयसम्म

पुस ४, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

चितवन । कुखुराको अण्डाको मूल्य १५ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ । यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रुपैयाँ थियो ।चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्ने संघका सचिव मदन पोखरेलले बताएका छन् ।

प्रतिक्रिया