January 23, 2025, 7:08 am
» इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ » काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन » भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित » अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु » थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने

वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ : सांसद सिंह

पुस ४, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्तमान गठबन्ध फेल भएको खण्डमा वर्तमान व्यवस्था ढल्ने टिप्पणी गरेका छन् ।  बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले संसद्का दुई ठुला दल मिलेर गठन भएको यो सरकार नै वर्तमान व्यवस्थाको अन्तिम सरकार भएको टिप्पणी गरे ।

उनले संसद्का दुई ठुला दल मिलेर सरकार बनेको अभ्यास नेपाल बाहेक संसारमा कहीँ नभएकाले उल्लेख गरे । उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएको कारणले व्यवस्था फेल भएको खण्डमा राजनीतिक दलभन्दा बढी कर्मचारी दोषी हुने जिकिर गरे ।

सांसद सिंहले सादा पोसाकका प्रहरीलाई फिल्डमा खटाउन नहुने समेत बताए । घुमुवा प्रहरी खटाउनु नै परे घुमुवा पोसाकका प्रहरी मात्र खटाउनुपर्ने बताए । उनले भन्सार तथा यातायात कार्यालयहरूमा विचौलियामार्फत मात्र जनताको काम हुने प्रवृत्ति अन्त्य गनुपर्ने उनको भनाइ छ ।  । उनले निजामति विधेयकलाई पास गर्दा राजनीतिक दबाब र प्रभावमा पर्न नहुने बताए । उनले सबै निजामति कर्मचारीका माग सम्बोधन हुनेगरी विधेयक ल्याउन जरुरी रहेको बताए ।

उनले भने, ‘निजामति विधेयकलाई ख्याल ठट्टामा पास नगरौँ कुनै पनि राजनीतिक दलको एजेण्डा नबनाऔँ । राष्ट्र र जनताको एजेण्डा बोकौँ । जनता अहिले धेरै मारमा परेका छन् । राष्ट्र अहिले असफलतातिर गइरहेको छ । वर्तमान गठबन्धन फेल भयो भने यो व्यवस्था नै फेल हुन्छ नि । दुनियाँमा कहीँ पनि संसदका दुई ठुला दल मिलेर सरकार बनाउँदैनन् । यो अन्तिम टेस्ट हो । त्यसैले यो व्यवस्था फेल भएको खण्डमा यहाँको निजामती कर्मचारी पनि त्यत्तिकै दोषी हुन्छ । किनभने जनताको सरोकार राजनीतिक दलहरूभन्दा कर्मचारीहरूसँग बढी हुन्छ । भन्सार, मालपोत  लगायतका क्षेत्र जनताको सिधा सरोकार कर्मचारीसँग हुने गरेको छ । अनि सभापति ज्यु प्रहरीमा घुमुवा बन्द गर्नुहोस् । घुमुवा प्रहरी खटाउने हो भने युनिफर्ममा जाओस् । र भन्सार तथा यातायात कार्यालयहरूमा एजेण्ट बन्द गर्नुहोस् । बिचौलिया बनाउने काम राज्यले ले गरेको छ । जनताको काम राज्यबाट नभई बिचौलियाबाट हुने गरेको छ । ठुलो बिचौलिया हटाउने त प्रधानमन्त्री कै क्षमता छैन हटाउने किनभने उहाँकै कार्यकर्ता हो । त्यसकारण मेरो एउटै भनाइ के छ भने यो विधेयकलाई कुने राजनीतिक दलको दबाबमा परेर पास नगरौँ । कर्मचारीका माग सम्बोधन हुनेगरि गरौँ ।’

प्रतिक्रिया