January 22, 2025, 10:09 am
» विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित » चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ

मानव बेचबिखन २५ प्रतिशतले बढ्यो : राष्ट्रसङ्घ

मंसिर २६, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

संयुक्त राष्ट्र सङ्घ एजेन्सीले सन् २०१९ को तुलनामा सन् २०२२ मा विश्वव्यापी रूपमा मानव बेचबिखनबाट पीडित हुनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको प्रक्षेपण गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ लागूऔषध तथा अपराध कार्यालय (युएनओडीसी) द्वारा प्रकाशित मानव बेचबिखनसम्बन्धी सन् २०२४ ग्लोबल रिपोर्टले गरिबी, द्वन्द्व र जलवायु प्रकोप जस्ता कारकहरूलाई श्रेय दिएको छ, जसले शोषणको जोखिमलाई बढाएको छ ।

विश्वव्यापी रूपमा जबरजस्ती श्रमको लागि बेचबिखन गरिएका पीडितहरूको सङ्ख्या सन् २०१९ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । प्रतिवेदनका अनुसार बाल पीडितको सङ्ख्या ३१ प्रतिशतले बढेको छ भने बेचबिखनमा परेका बालिकाको सङ्ख्या ३८ प्रतिशतले बढेको छ ।

एक सय ५६ देशको तथ्याङ्कको विश्लेषण गरेको प्रतिवेदनले सन् २०२२ मा विश्वव्यापी रूपमा बेचबिखनमा परेकामध्ये ६१ प्रतिशत महिला तथा बालिका रहेको खुलासा गरेको छ । ६० प्रतिशत पीडित यौन शोषणका लागि बेचबिखन भएका थिए ।

युएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले फौजदारी न्यायका उपायहरूलाई बलियो बनाउन, पीडितहरूलाई उद्धार गर्न, सीमापार सहयोग अभिवृद्धि गर्न र बचेकाहरूलाई सहयोग बढाउन आह्वान गर्नुभयो ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया