September 8, 2024, 1:54 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौंमा पोलियो भाइरस फेला, ललितपुर र भक्तपुरमा पनि सर्भेलेन्स गरिने

साउन ६, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको हो ।

डा. गौतमले खोप प्राप्त बालबालिकाको दिसाबाट उक्त भाइरस ढलमा गएको हुन सक्ने अनुमान गरे । ‘लाइभ एटिन्युएटेड (जीवित तर निष्क्रिय) पोलियो खोप प्राप्त गरेका करोडौं बालबालिकामध्ये एक जनाको आन्द्रामा उक्त भाइरस उत्परिवर्तित हुन सक्ने सम्भावना हुन्छ । यो भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३ हो । त्यसले उक्त बच्चामा लक्षण देखाएको पनि हुन सक्छ,’ उनले भने, ‘यदि बच्चालाई संक्रमित बनाएको छ भने उक्त बच्चाबाट अन्यलाई सर्ने जोखिम पनि रहन्छ, त्यसैले हामी अहिले त्यसको सर्भेलेन्स गरिरहेका छौं ।’

नेपालमा अन्तिम पटक सन् २०१० मा पोलियोको बिरामी फेला परेका थिए । त्यसयता भने पोलियो संक्रमित फेला नपरेका कारण विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया क्षेत्रले २०१४ मा नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको थियो ।

उनका अनुसार १५ वर्षभन्दा कम उमेर भएका बालबालिका जसमा केही समययता अति शीघ्र लुलो पक्षघात देखिएको छ कि भनेर महाशाखाको सर्भेलेन्स टोलीले खोजी गरिरहेको छ । ‘

प्रतिक्रिया