December 25, 2024, 1:16 am
» हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर » सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ » टर्कीको कारखानामा विस्फोट : १२ जनाको मृत्यु » बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार » प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

राजकीय सम्मानका साथ पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्तिम बिदाइ

मंसिर ३, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको  राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको सोमबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनलाई छोराहरूले दागबत्ती दिएका छन्। लगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो।

उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा  मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी,सुरक्षा निकायका प्रमुख, नेता-कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको  भीड लागेको थियो।

अन्तिम बिदाइ अघि ढुंगानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरणमा राखेको थियो। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए।

उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपप्रधानमन्त्री द्वय,प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल,गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत सरकारका मन्त्रीहरू गौचरण पुगेका थिए। यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूले पनि ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए।

अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल,नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ढुंगाना पनि गौचरण पुगेका थिए।

सोमबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा सार्वजनिक बिदा दिँदै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।

विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए। नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ ।

प्रतिक्रिया