January 12, 2025, 9:18 am
» गाजासहित तीन जना प्रहरी नियन्त्रणमा » Koshi Province Assembly session to summon on January 20 » युवासंघको कार्यकर्ता भेला काठमाडौँमा » रविको बयान काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा » भरूवा बन्दुक सहित पाँच जना पक्राउ

नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी, एक युवक पक्राउ

मंसिर ३, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं,  ।  नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौं चन्द्रागिरी बस्दै आएका रुद्रबहादुर तामाङ छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरीको हाईभिजन कोलोनीबाट पक्राउ गरेको हो ।

उनले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिन्थे ।

आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै उनले प्रलोभन समेत देखाउँथे।

केटीहरुलाई विश्वासमा दिलाउनका लागि कागजातहरु समेत पठाउने गरेको खुलेको छ ।

त्यसपछि कागजात बनाउनुपर्छ भन्दै चेक तथा नगद गरेर पटक पटक २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीबाट अन्य कोही पीडित भए सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया