February 24, 2025, 7:29 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

युवासंघको कार्यकर्ता भेला काठमाडौँमा

पुस २८, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं। नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवासंघ नेपालले कार्यकर्ता भेला बोलाएको छ । आगामी माघ १२ गते काठमाडौँमा ‘राष्ट्रिय कार्यकर्ता भेला’ गर्न लागेको हो ।

शिक्षा, रोजगारी, उद्यमशीलता, सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरुलाई अगाडि सार्दै युवालाई नीति निर्माणमा सहभागी गराउने उद्देश्यले भेलाको आयोजना गरिएको महासचिव सुमन पुरीले बताए ।

कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि शुरु हुने भेलामा केन्द्रीय कमिटी, केन्द्रीय आयोगका सम्पूर्ण कमिटी तथा विज्ञ युवा परिषद्का सम्पूर्ण कमिटी, प्रदेश कमिटीका प्रतिनिधिहरु उपस्थित हुनेछन् । प्रत्येक विभागबाट पाँच जना, अन्तर जिल्ला कमिटीका अध्यक्ष, काठमाडौं, ललितपुर र भक्तपुरका पालिकाका अध्यक्षहरुले पनि भेलामा सहभागिता जनाउनेछन् ।

नेकपा एमालेको आन्तरिक जीवनमा युवासंघको भूमिका महत्वपूर्ण मानिन्छ । कुनै समय अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङमा हिंडाउनेदेखि ‘आइ लभ यू केपी बा’ भनाउनेमा उसकै अगुवाई हुने गरेको थियो । तर, पछिल्लो समय भने युवासंघको भूमिकालाई लिएर एमालेमा प्रश्न उठिरहेको छ ।

सरकार र पार्टी नेतृत्वविरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी हुँदा पनि युवासंघले प्रतिवाद गर्न नसकेको भन्दै आलोचना भैरहेको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै असन्तुष्टि प्रकट गरेका थिए ।

प्रतिक्रिया