January 12, 2025, 11:55 am
» प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा » चाकु र तरुल मानव शरीरका लागि लाभदायक » भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत » १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से » बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

गाजासहित तीन जना प्रहरी नियन्त्रणमा

पुस २८, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।

गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका-११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरू उपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया