February 23, 2025, 10:16 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

चेक गणतन्त्रः रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु

पुस २८, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

प्राग, चेक गणतन्त्र, : चेक गणतन्त्रको उत्तरपश्चिमी शहरको एक रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

स्थानीय दमकल सेवाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “ग्यास हिटर विष्फोटपछि आगो निकै तीव्र गतिमा फैलिएको थियो।”

राजधानी प्रागबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा पर्ने मोस्ट सहरको एक हाउजिङ क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

स्थानीय समयअनुसार शनिबार राति २२ः१७ बजेबाट शुरु भएको आगो मध्यरातसम्म नियन्त्रणमा आएको दमकल सेवाले जनाएको छ ।

“सबै प्रयासका बावजुद आगलागीबाट छ जनाको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ।

घटनामा अन्य आठ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई मोस्टको प्राग र उस्ती नाद लाबेमको क्षेत्रीय राजधानीमा रहेका अस्पतालहरूमा लगिएको थियो।

आन्तरिक मामिलामन्त्री भिट राकुसनले अग्निनियन्त्रकहरूले रेष्टुरेन्ट र नजिकैको फ्ल्याटको ब्लकबाट करिब ३० जनालाई बाहिर निकालेको बताएका छन्।

प्रतिक्रिया