February 23, 2025, 3:35 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

१९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से

पुस २८, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं– आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ ।

आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार भएको छ ।

आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनी शेयर मूल्य भने स्थिर हरेको छ ।

आज ३०१ वटा कम्पनी कारोबार आउँदा ४६ हजार ६१४ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ ।

प्रतिक्रिया