February 24, 2025, 7:17 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रविको बयान काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा

पुस २८, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा तोकिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको कसुरमा उनीमाथि काठमाडौं अदालतमा बयान हुने भएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछाने आज बिहान काठमाडौं अदालतमा आफैँ उपस्थित भएका थिए ।

स्वर्णलक्ष्मी सहकरीको रकम अपचन अभियोगमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा यही पुस २१ गते मुद्दा दायर भएको थियो।

प्रतिक्रिया