January 13, 2025, 6:16 am
» दशौं राष्ट्रिय खेलकुद पक्का » सुनको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? » पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति » लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी, हालसम्ममा २४ जनाको मृत्यु » जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

कारागारबाट भागेर भारत पुगेका विनायकलाई प्रहरीले गोली चलाएर समात्यो

कार्तिक २३, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

धरान : सुनसरीको झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर फरार भएका कैदी चन्द्रशेखर भन्ने विनायक यादवलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ स्थित पथरचट्टानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले बताए ।

हतियारसहित पक्राउ परेका इनरुवा निवासी यादवलाई प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

फरार रहेका विनायक हतियारसहित उक्त स्थानमा रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले चारैतिरबाट घेरा हाली पक्राउ गरिएको एसपी तिमल्सिनाले बताए  ।

हतिहारसहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए । २०६५ वैशाख १६ गते सुनसरीको प्रकासपुरका केशव कार्कीलाई गोली हानी हत्य गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनीसहित अन्य ११ जनाले झुम्का कारागारको दक्षिणपट्टिको पर्खालको भित्री भागबाट सुरुङ खनेर फरार भएका थिए । उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको थिएन ।

पक्राउ परेका विनायक यसअगाडि सिक्सर रिभोल्भर पेस्तोल एकथान र १२ थान गोलीसहित पक्राउ परेको डीएसपी तिमल्सिनाले बताए। उनले पक्राउ परेका विनायकलाई जिल्ला अदालत सुनसरीमा बुझाइ पुन: कारागार चलान गरिने बताए ।

रत्नप्रसाद आचार्य, अन्नपूर्ण पोस्ट

प्रतिक्रिया