February 23, 2025, 2:57 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुनको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

पुस २९, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रतिक्रिया