November 14, 2024, 4:29 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

विचार नै नगरी दल फुटाउने ओली, दान काण्डले एमाले ओरालो लाग्दै

कार्तिक १४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं,  । दल फुटाएर भए पनि ठूलो पार्टीको नेताले प्रधानमन्त्री पदमा रहने प्रम केपी ओलीको योजनाले मूर्त रुप पाउने बलियो आधारहरु बन्दैछन् ।

दशैंको विदा भएपछि एकीकृतका विरुद्ध टेलिभिजनहरुमा समाचार आए । ती समाचारले माधवको कलम पार्टीलाई ठूलै तरंग ल्यायो । दैलेखका अमर थापा, रामकुमारी महासचिव, प्रेम आले वरिष्ठ उपाधयक्षको पद बाँडेर कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी, धनबहादुर बुढासमेत त्यो समाचारको पात्र बने ।

कांग्रेसका सभापतिले प्रधानमन्त्री केपी ओलीका कामलाई साथ दिने कुरा विश्वास गरिन्न । तर, लोसपाका शरदसिंह भण्डारी र सर्वोन्द्रनाथ शुक्ला राप्रपाबाट विक्रम पाण्डे, भूवन पाठकजस्ता व्यक्तिलाई कांग्रेसमा भित्र्याइने चर्चा चल्दा शेरबहादुर पनि सोझिएका छन् कि भन्ने हल्ला चलाइयो ।

तर, त्यो हल्ला सरकरको नियोजित योजना भएको स्पष्ट भयो । एमालेकै विचार नेता भर, देश टाट पारौं भन्ने सिद्धान्तको आधारमा पार्टी चलाएर चल्दैन । एमालेबाट बाहिर रहेका ठाउँ नपाएका वामदेव गौतम, डा. भिम रावलहरुको रहर नेकपा एकीकृतमा प्रवेश गरी समाजवादी धारको विकास गर्नेमा छ।

तर, आफ्नो पद सुरक्षित नहुने भएकाले राजेन्द्र पाण्डेहरुको घेराबन्दीले अध्यक्ष माधवलाई निर्णय गर्न नसकिने बनाएको छ । विद्यार्थी आन्दोलनको जस्तो हाहा र हुहुले पार्टीमा ठाउँ लिन सकिन्न भन्ने कुरा रामकुमारीहरुले चेतेका छैनन् ।

पार्टी बैठकमा आफुले गल्ती गरेमा अब गर्दिन भन्ने रामकुमारीलाई समेत एमालेमा ल्याएर उपलब्धी के हुन्छ जाँचबुझसम्म ओली गुटले गरेन । किनकि जो पद छाड्दा रुन्छ, त्यसले कुर्सीलाई महत्व दिन्छ भन्ने देखियो ।

एमालेमा सांसदहरुको खाँचो छ । ठूलो पार्टी बन्न अशोक राईका सात र नेकपा एककृितका ५ जना गरी १२ जना छन् । यी सांसद थपिँदा ७९ मा ९१ सांसद हुने हो र कांग्रेस ८९ सांसदमा राप्रपा र लोसपाबाट थपिए भने ५ जना हुन् । ९४ जना सांसद त्यहाँ हुनेछन्, एमाले हिसाब गरी साना दलमा प्रहार गर्दैछन् । प्रम ओलीको योजना नै त्यही हो ।

दान काण्डले एमाले ओरालो लाग्दै  
केपी ओली एमाले-एमाले नै केपी ओली भन्ने मान्यता स्थापित हुँदा पार्टीका वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरु अध्यक्षका सामु कति निरीह रहेका छन् त्यो भन्नै परेन ।

एमाले कुनै सिद्धान्त, नीति र विचारमा चलेको पार्टी भएन । राज्यस्रोत दोहन गरेर देश कंगाल बनाउने पार्टी कुनै छ भने त्यो एमाले हो । जसले कोरोना कालमा मृतकका लागि प्रयोग हुने कपडामा पनि कमिशन खान छाडेन ।

पार्टीका नाममा व्यवसायी मिनबहादुर गुरुङसँग १३ रोपनी जमिन दान लिन्छन् । जुन दान एमाले पार्टीको होइन, केपी ओली र पार्टी अध्यक्ष एक्लैको निर्णयबाट ग्रहण भएको हो । वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरुले मुख खोलेनन् ।

एमाले पार्टी भाटभटेनी सुपर मार्केटको अर्को व्यापारिक अखडा बनेको छ । जसले चुनावमा टिका वितरण गर्छ र खर्च दिन्छ । भाटभटेनीमा माओवादीको लगानी छ भन्ने स्याल हुइँया मच्चाउने एमालेका साइबरे बेपत्ता छन् । एमालेमा आत्मा मरिसकेका कार्यकर्ता छन् ।

ओलीका दास धेरै छन् । चाकडी गरेर पद पाएका गोकर्ण, रघुजी पन्तहरुलाई बोल्ने आँट छैन । आफ्नो क्षमताले उनीहरु न त सांसद भए न त पार्टी नेतृत्वमा पुगेका छन् । तानाशाहीकरणको पार्टी एमाले बन्दैछ । ११ रोपनी जग्गा एउटा व्यापारीले कुन स्वार्थमा दिएको छ ।

जुन व्यापारीले आफ्नो स्टोरमा जम्मा भएको सामानको भुक्तानी नदिँदा एउटा व्यवसायीले आत्मदाह गरेको तीन वर्ष पुरा भएको छ । केपी ओली कस्ता मान्छे हुने, स्वार्थका लागि के गर्छन, त्यो देखियो ।

एमाले माफियालाई विद्युत महसुल नतिर भन्न पछि परेन । तिनै माफियाको पैसाले ०४८ सम्मका सुकुम्बासी रातारात भैंसेपाटी देखि बालुवाटारसम्म जग्गा खरिद गर्ने हैसियतमा पुगे ।

विष्णु पौडेलले केपीको कृपाले पाएको उपप्रम तथा अर्थमन्त्री पद र पार्टीको उपाध्यक्षको समेत गरिमा राखेनन् । केपीको शासनमा कुनै माफिया, तस्कर, राजस्वमारा माथि कारबाही हुँदैन ।

नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा खान सिकाउने ओली विद्युत प्राधिकरणलाई प्राप्त हुने २२ अर्ब महसुल तिर्न र उठाउन प्राधिकरण र व्यापारीहरुलाई कडिकडाउ गर्दैनन्, सन्देकोशी सन्देशमा खबर छ  ।

किनकि पैसा ओलीले हजम गरेका छन् । एनसेलको १९ अर्ब राजस्वको कुरा पनि त्यही हो । एमालेले खोजेको समृद्धि र विकास त्यही हो । जसले कालो बजार चम्काउँछ, देश टाट पार्दै विदेशी ऋण बढाउँछ ।

राजस्व उठाउन दिँदैन भन्ने पुष्टि गर्दछ । एमालेको सामुहिकताको अर्थ छैन । जहाँ पार्टीको बदनामी हुँदा समेत नेतृत्वमा भएका कसैले मुख खोलेका छैनन् ।

माओवादीलाई लगाएको आरोप आफैंतिर फर्केको छ। हात्ती लम्किन्छ, कुकुर भुक्छ भनेजस्तै एमाले छिया छिया बन्न थालेको छ।

प्रतिक्रिया