February 25, 2025, 1:09 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप

कार्तिक २९, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं । झाँक्री प्रकाश भुजेलमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिन म्याद थप पाएको छ । भुजेलले हाँकेको गाडीको ठक्करबाट एक मोटर साइकल चालकको मृत्यु भएपछि पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

बुधबार भुजेलले हाँकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते मोटरसाइकल चालक नारायण नगरकोटीको उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा सवार उनकी पत्नी सानुमाया नगरकोटी भने गम्भीर घाइते भएकी छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार गाडी दुर्घटनापश्चात फरार रहेका भुजेलले साँझ नै बौद्ध प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उलाई सवारी ज्यान मुद्दा लगाउने तयारी प्रहरीको छ ।

प्रतिक्रिया