February 25, 2025, 1:23 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका ३ सदस्य मृत भेटिए

कार्तिक २९, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित गाम्चामा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् । मृत भेटिनेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

मोक्तानका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको बताइएको छ । घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया