November 23, 2024, 8:54 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

कार्तिक १४, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं : परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन्। बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

साउन ३२ गते मन्त्रिपरिषद् बैठकले उनलाई बेल्जियमको राजदूतमा सिफारिस गरेको थियो। सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाईका लागि भाद्र ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।

समितिमा लम्सालविरुद्ध एउटा उजुरी  प्राप्त भएको थियो । समितिमा लम्सालको सुनुवाइ गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले उनको नाम अनुमोदन गरिएको समिति सदस्य पशुपति शम्शेर जबराले जानकारी दिए।

अनुमोदन अघि उनले बैठकमा आफ्नो कार्ययोजना पेस गरेकी थिइन्। सो क्रममा उनले दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी थिइन्।

त्यस्तै उनले वैदेशिक लगानी भित्राउने, नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउने लगायतका पहल गर्ने समेत धारणा राखिइन्।  संसदीय सुनुवाइ समितिले लम्साललाई अनुमोदन गरेसँगै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया