November 15, 2024, 1:39 am
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

सरकारविरुद्धको खबरदारीमा सहभागी हुन माओवादी केन्द्रको अपिल

कार्तिक ८, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध पार्टीले आयोजना गर्न लागेको खवरदारीमा सहभागी हुन अपिल गरेको छ । खवरदारी सभाका बारेमा जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीले कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको भन्दै खबरदारीमा सहभागी हुन अपिल गरेका हुन्।

सरकारको क्रियाकलापले देश अप्ठेरो अवस्थामा पुगेको भन्दै उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महशुस भएको उल्लेख गरे । माओवादीले अहिलेको सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभइ निहित स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जनाएको छ ।

त्यस्तै प्रवक्ता सापकोटाले अहिलको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको र सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाए। अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको उनको भनाइ छ ।उनले कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्लारूपमा संरक्षण गरिएको समेत जिकिर गरे। माओवादीले कार्तिक १० गते सुन्धराबाट प्रदर्शनसहितको र्‍याली निकाल्ने र काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ ।

प्रतिक्रिया