काठमाडौं : नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। आज नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा अडिएको छ। सूचक घटे पनि कारोबार रकम भने बढेको छ।
यसदिन ३२४ स्क्रिप्टको १ करोड ४७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँमा किनबेच भएको छ। हिजो ४ अर्ब १७ करोड १६ लाख बराबरको कारोबार भएको थियो।
आज फाइनान्स र ट्रेडिङबाहेक अन्य समूहको उपसूचक घटेका छन्। आईसीएफसी फाइनान्सको र समृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाग्यो।
प्रतिक्रिया