October 18, 2024, 3:24 pm
» रवि लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध नाराबाजी » सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ » विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते » रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ » पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

वर्तमान सरकारमा कुनै पनि दरार आएको छैन : रामहरि खतिवडा

कार्तिक २, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं, । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकारमा कुनै पनि दरार र खटपट नआएको बताउनुभएको छ ।

पछिल्लो समय एमालेको पार्टी मुख्यालय बनाउनका लागि व्यावसायी मीनबहादुर गुरुङले जग्गा उपलब्ध गराएसँगै विरोध भइरहेको छ ।

कांग्रेसका नेताहरुले पनि यसको विरोध र टिप्पणी गरिरहेका छन् यहि प्रसंगलाई लिएर एमाले र कांग्रेसबीच दरार आइरहेको होकी भन्ने चर्चाकाबीच नेता खतिवडाले यो सरकार ०८४ सम्मै रहने दाबी गर्नुभयो ।

दरार र विकराल आउने कुनै समस्या नै नदेखिएकोले गठबन्धन निरन्तर चल्ने तर काम गर्ने शैली भने परिवर्तन गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । यस्तै बाहिर आइरहेका कुराहरु सबै गलत भएको समेत उहाँले स्पष्ट पार्नुभयो ।

दुई ठुला दल कांग्रेस र एमालेको सरकारबाट जनताले धेरै आसा गरेकाले यो सरकारले पनि ती आसालाई पूरा गर्न सकेन भने देशमा झन् ठुलो निराशा उत्पन्न हुने भएकाले सरकारको पहिलो प्राथमिकता नै जनता हुनुपर्ने नेता खतिवडाको भनाइ छ र जनतामा छाएको निरासालाई आसामा बदल्नु नै सरकारको मूल्य उदेश्य भएको पनि उहाँले दाबी गर्नुभयो ।

यस्तै उहाँले बाढीपहिरोलगायत विपद्जन्य घटनाबाट प्रभावितलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराएर पूर्नस्थापनामा जोड दिनुपर्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया