February 24, 2025, 1:19 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

देशभरको तापक्रम घट्दै, तराईमा बाक्लो हुस्सु

पुस २०, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं,

देशभरको तापक्रम घट्दै गएको छ । पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेको छ।

दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ।

हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सावधनी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया