February 23, 2025, 2:17 am
» बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

चीनमा नयाँ भाइरसको संक्रमण फैलियो

पुस १९, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

एजेन्सी, 
कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ ।

कोरोना भाइरसजस्तै लक्षण रहेको यो संक्रमणका कारण सयौं बिरामी परेका छन् । ह्युमन मेटान्युमो नामाकरण गरिएको यो भाइरस नयाँ आरएनए भाइरस हो ।यो भाइरसको असर सबैभन्दा बढी साना बालबालिकामा देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण देखिएका छन् ।

बिरामीको संख्या लगातार बढिरहेकोले यस्ता लक्षण देखा परेमा तुरुन्त चिकित्सको सल्लाह लिन सुझाव दिइएको छ । खोक्दा र हाच्छ्यु गर्दा भाइरस फैलिने खतरा बढी हुने र भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्ने चेतावनी दिइएको छ ।

चीन सरकारले भने यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ । सन् २००१ मा पहिलो पटक फेला परेको योे भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना बढी रहने चिनिया चिकित्सकहरुले जनाएका छन् । रासस

प्रतिक्रिया