January 5, 2025, 1:53 pm
» माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने » संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली » गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु : हमास » अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ? » रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी

सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन

पुस १९, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं- सर्वोच्च अदालतका एक कर्मचारीले मुद्दा जिताइदिन १० लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका निवासी सुशीला निरौलाले ती कर्मचारीलाई घुस आरोप लगाएकी हुन् ।

निरौलाले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो दिवंगत पतिको नाममा चलेको मुद्दा जिताइदिने वाचासहित ती कर्मचारिले घुस लिएको उनको जिकिर छ ।

यदि कथंकदाचित मुद्दा हारेमा उक्त घुसको पैसा फिर्ता गरिदिने शर्तमा ती कर्मचारीलाई १० लाख दिएको उनले पत्रमा उल्लेख गरेकी छन् ।

‘मेरा पति स्वर्गी श्री नारदप्रसाद गौतमसमेतको मुद्दाबारे सर्वोच्च अदालतमा कारबाही चलिरहेको अवस्थामा जिताइदिन्छु भन त्यस सेवामा काम गर्ने पुष्कर थापा नामका एक कर्मचारीले म निवेदकबाटमार्फत् अक्षरेपी दश लाख रुपैयाँ फिर्ता दिलाई पाउन फर्मको प्रतिलिपिहरू यसै साथ संलग्न राखेर पठाएकी छु,’ उनले निवेदनमा भनेकी छन् ।

उनले कर्मचारी युनियन, कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठनलाई बोधार्थ दिएकी छन् । यसबारे थापाले आफूलाई केही कर्मचारी संगठनहरूले सोधपुछ गरेको बताउँदै अदालतमै निवेदन आएको थाहा नभएको बताए ।

आफूलाई आरोप लगाउने महिलासँग मुद्दा जिताउने भनेर पैसा नलिएको जिकिर थापाले गरेका छन् । आफूले एकजना चौहान थरका व्यक्तिमार्फत् १३ लाख रुपैयाँ ती महिलाका पतिलाई दिएको र अझै २ लाख रुपैयाँ फिर्ता पाउनै बाँकी बताए ।

ती महिलाले सापटी फिर्ता पठाएको भौचरलाई अहिले प्रमाण देखाएर आफ्नो बदनाम गराउन खोजेको थापाले बताएका छन् । थापाले अहिले आफू सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत रहेको पनि बताएका छन् ।

प्रतिक्रिया