October 18, 2024, 3:32 pm
» रवि लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध नाराबाजी » सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ » विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते » रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ » पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ पूर्जी लिने तयारी

कार्तिक २, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं,  । सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा पक्राउ पूर्जी लिने तयारी भएपछि रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ताको भेला डाकेको छ ।

रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ पूर्जी लिने प्रहरीको तयारी छ ।

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ ।

पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यता रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले ७७ वटै जिल्लाका कार्यकर्तालाई तयारी अवस्थामा रहन उर्दी जारी गरेकी छन् ।

सामाजिक सञ्जालबाट जरुरी सूचना भन्दै उनले सबै कार्यकर्तालाई पार्टी कार्यालयमा आउनसमेत आह्वान गरेकी छन् ।

प्रतिक्रिया