February 23, 2025, 3:15 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

क्षमादेवी ग्रुप विरुद्ध सुशासन अभियानद्वारा अख्तियारमा उजुरी

भदौ १८, २०८१ मा प्रकाशित | ९५२०दर्शक तीव्रखबर

काठमाडौं । निर्माण सामाग्रीको कारोवारमा पछिल्लो समय चर्चामा रहेको क्षमादेवी ग्रुप विरुद्ध सुशासन अभियानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको बताइएको छ ।

भन्सार विभाग र राजश्व अनुसन्धान विमागमा कार्यरत कर्मचारीको अवैध लगानी ‘कालोधन‘ क्षमादेवी ग्रुपमा लगानी रहेको भन्दै आवश्यक छानवीन गरि कारवाहीको माग गर्दै सुशासन अभियानले सो उजुरी दर्ता गरेको बताइन्छ ।

२०८१ भाद्र ९ गतेको मितिमा सि–०१२०५७ दर्ता नम्बर रहेको उक्त उजुरीमा सो ग्रुपले गर्ने भन्सार छली, चोरी तस्करी लगाएत कर्मचारी समेतको लगानी रहेको उपर कारवाही गर्न माग गरिएको छ । यसै विषयमा क्षमादेवीका अध्यक्ष होमबहादुर बस्नेत उर्फ राजकुमार बस्नेतलाई प्रतिकृयाको लागि सम्पर्क गर्दा प्रतिकृया दिन मानेनन् ।

प्रतिक्रिया