February 25, 2025, 1:21 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ

कार्तिक २, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू पक्राउ पर्न थालेपछि दिएको अभद्र अभिव्यक्तिलाई लिएर सत्तारुढ नेकपा एमालेका नेताले जवाफ फर्काएका छन् ।

लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ‘सरकार मरेको र आफूलाई जुठो परेको’ अभद्र अभिव्यक्ति दिएपछि एमाले नेता विष्णु रिजालले जवाफ फर्काएका हुन् ।

‘सरकार मरेको होइन, सक्रिय भएको छ,’ उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।’

यसअघि पूर्वगृहमन्त्री रहिसकेका लामिछानेले लेखेका थिए, ‘अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर,  मलाई  न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’
एमाले नेता रिजालले यसअघि पनि गृहमन्त्री रहिसकेका नेताहरू पक्राउ परेका घटना लामिछानेलाई स्मरण गराएका छन् ।

‘गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन,’ उनले भनेका छन्, ‘रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? कानुनलाई सघाउनुस्, ६५ करोड बारे जवाफ दिनुस्, अदालतले न्याय दिइहाल्छ नि !’

 

प्रतिक्रिया