February 25, 2025, 4:33 am
» ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते

कार्तिक २, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

महोत्तरी, : खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पचाइनटोलकी १२ वर्षीया करिना महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान आफ्नो खेत नपुग्दै बाटोमा विद्युतीय नाङ्गो तारको झट्काले उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीले जनाएको हो । बालिकालाई उद्धार गर्न खोज्दा सोही बस्तीका १८ वर्षीया राधा महतो र १४ वर्षीया विभा महतो घाइते भएका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिनुभयो ।

पचाइन बस्ती कै विनोद महतोले आफ्नो खेतको चारैतिर वन्यजन्तुबाट बाली जोगाउन बिछाएका विद्युतीय तारको स्वीच निभाउन (अफ नगर्दा) बिर्सिदा घटना भएको प्रहरीले जनाएको छ । घटनालगत्तै महतो भने फरार छन् ।

शव परीक्षणका लागि बर्दिवास अस्पताल पुर्‍याइएको र घाइते दुई किशोरीको गौशालास्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । दुवै किशोरीको अवस्था  खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

रासस

प्रतिक्रिया