October 18, 2024, 3:29 pm
» रवि लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध नाराबाजी » सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ » विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते » रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ » पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

यो साता सेयर बजार २.८८ प्रतिशत बढ्यो

कार्तिक २, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौँ । दसैँपछिको यो साता सेयर बजार २.८८ प्रतिशत बढेको छ ।

दसौँअघि गत साता २६६८ अंकमा बन्द भएको बजार यो साता ७७ अंक बढ्दै २७४५ अंकमा पुगेको हो । दसैँ बिदाका कारण यो साता ३ दिन मात्रै कारोबार भयो । तीनै दिन बजार बढ्यो । मंगलबार ३१.४८, बुधबार ४३.२२ र बिहीबार २.४७ अंकले बढ्यो ।

बजार बढ्दा कारोबार रकम पनि बढ्दै गएको छ । मंगलबार ३ अर्ब ६ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब ६६ करोड र बिहीबार ७ अर्ब १९ करोडको भयो । साउन ३० गते ३००० अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झर्‍यो । त्यसयता बजार पुनः उकालो गतिमा देखिएको छ ।

घट्दो ब्याजदर र पर्याप्त लगानीयोग्य रकमले बजारलाई साथ दिइरहेको छ । बजारको पूँजीकरण ४३ खर्ब ६५ अर्ब रुपैयाँ बराबर पुगेको छ । साउन ३० गते यो हालसम्मकै उच्च ४७ खर्ब ६५ अर्ब रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया