October 18, 2024, 2:36 pm
» सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ » विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते » रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ » पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ » रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, ठूलो संख्यामा प्रहरी तैनाथ

बाघको आक्रमणबाट एकको मृत्यु

कार्तिक २, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

मध्यविन्दु (नवलपरासी), : नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो ।

छिमेकीसहित घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको प्रहरी उपरीक्षक शाहले जनकारी दिनुभयो ।

थिङको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।

प्रतिक्रिया