October 18, 2024, 10:26 am
» दाङमा सर्प महोत्सव हुँदै » बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ » बाघको आक्रमणबाट एकको मृत्यु » नियुक्ति वा बढुवामा प्रयोग नभएका नक्कली शैक्षिक प्रमाणपत्रले पनि भ्रष्टाचार गरेको ठहर हुने » सन्दीपले पाए अमेरिकाको भिसा

विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ

कार्तिक २, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा पूर्वगृहमन्त्री रवि लामिछानेबारे पनि चर्चा भएको छ । 

बैठकमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने सूचना  दिएका थिए ।

प्रचण्डले यो कुरा राखेपछि रविले यसबारे अन्य दल र प्रचण्डको धारणा बुझ्न खोजेका थिए । तर, अन्य दलले दोषी हो भने कारबाही भोग्नुपर्ने यदि व्यक्तिगत प्रतिशोधका आधारमा कसैलाई पनि कारबाही हुन नहुने धारणा राखे । 

बैठकमा सहभागी एक नेताका अनुसार त्यसपछि सभापति रविले आफू दोषी नभएको र दोषी भए सजाय भोग्न तयार भएको तर्क गरे ।

बैठकमा सहभागी ती नेताले भने, ‘रवि जीलाई बचाउने उनीलाई पक्रन लाग्दा सबै विपक्षी दल एक हुने भनेर सहमति भएको छैन । राष्ट्रिय मुद्दामा एक हुने हो । दोषी बचाउन हैन ।’ ती नेताका अनुसार रविलाई प्रहरीले पक्रन खोजे सबै दल एक भएर प्रतिवाद गर्ने सहमति भएको छैन । 

तर, यता रास्वपा उपसभापति डीपी अर्यालले भने सभापतिलाई सरकारले धरपकड गर्न खोजे विपक्षीले प्रतिवाद गर्ने सहमति भएको दाबी गरे । 

हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा पनि यसबारे सामान्य छलफल भएको थियो । त्यहाँ पनि रवि दोषी भए उन्मुक्ति पाउन नहुने नेताहरूको धारणा थियो । 

तर, सहकारी प्रकरणमा दोषी देखिएका  सबै नेताहरूलाई कारबाही सरकारले गर्नुपर्ने कुनैलाई काखा र पाखा गर्न नहुने नेताहरूको तर्क थियो ।

यस्तै बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा र आम जनता पार्टीको सहभागिता रहेको थियो ।

लोसपा अध्यक्ष महन्त ठाकुरले सत्ता पक्षी भए पनि सरकारको कामबारे सन्तुष्ट नभएर आफू बैठकमा सहभागी भएको बताए ।

प्रतिक्रिया